खनाललाई इंगित गर्दै नेपालले भने- पार्टीभित्रको विषय सडकमा लाने काम जिम्मेवार व्यक्तिले गर्दैन

खनाललाई इंगित गर्दै नेपालले भने- पार्टीभित्रको विषय सडकमा लाने काम जिम्मेवार व्यक्तिले गर्दैन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी)मा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने बताएका छन्।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अपानीमा मतभेद नभइ केहि प्रश्नहरू आएको भन्दै पार्टी भित्रैबाट हल गरिने बताएका हुन्। 

अपानीमा पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेको टिप्पणीकाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने जिकिर गरे। 

खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आएका छन्।  नेता खानालले नेपालले जारी गरेको अपानी खतरनाक भएको प्रतिक्रिया दिएका छन्।

यस्तै नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले अहिले शिक्षकको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे।

अध्यक्ष नेपालले केन्द्रीय कमिटीको छैठौं बैठकले केन्द्रीय कमिटीका सदस्यहरू मनोनित गरिएकामध्ये १३ जनालाई विधान अनुसार शपथ गराइएको जानकारी दिए । शपथ ग्रहणका क्रममा उनले युवाहरूको जोश र पुरानाका अनुभवलाई समेटिएर पार्टीलाई मजबुद ढंगले अघि बढाइने जिकिर गरे।
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.