शिक्षक संघको आन्दोलनले संसदीय समितिका बैठक प्रभावित
काठमाडौं : नेपाल शिक्षक संघको आन्दोलनका कारण संसदीय समितिका बैठक प्रभावित भएका छन्। गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केही संसदीय समितिहरु स्थगित भएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तर्राष्ट्रिय समिति गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन् । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ । स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ ।