एकीकृत समाजवादीको बैठक शिक्षक आन्दोलनका कारण स्थगित

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्ने लगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो । रासस
प्रतिक्रिया दिनुहोस !
