आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

शिक्षा विधेयकमा सुधार आवश्यक छ,संसदमा हामी सच्याउँछौं : गगन थापा

शिक्षा विधेयकमा सुधार आवश्यक छ,संसदमा हामी सच्याउँछौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन्।  महामन्त्री शर्माले शिक्षकको आन्दोलनप्रति समर्थन र एकतावद्ध जनाउँदै शिक्षा विधेयकमा अनेकन कमजोरीहरू रहेकाले त्यसलाई संसदमा सच्याउन आफूले पहलकदमी लिने बताएका हु्न्।

प्रतिनिधिसभा सदस्य थापाले सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजि गरेर आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षसँग अनुरोध गरेका छन्।

यस विषयमा सरकारले आन्दोलनरत शिक्षकसँग घनिभूत छलफल र संवाद गरेर टुंगो लगाउनुपर्ने उनको भनाइ छ।  नेता थापाले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीहरूको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन पूर्ण प्रतिवद्धता रहेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै‌ ​​​​ संसदमा पेश भएको सो विधेयकमाथि सबैसँग छलफल गरेर अघि बढ्ने जिकिर गरेका छन्।

'विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं,'उनले सामाजिक सञ्जालमा लेखेका छन्,'अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।'

बिहीबार बिहान सरकार र आन्दोलनरत शिक्षकहरूबीच भएको वार्ता निष्कर्षविहीन भएको छ।  सिंहदरबारस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा सरकार पक्ष र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भएको थियो।

करिब १ घण्टा लामो छलफल भएपनि दुवै पक्षबीच सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको हो। आफूहरूले अघि सारेका मागहरू सम्बोधन नभएसम्म  आन्दोलन जारी राख्ने आन्दोलित शिक्षकहरूले बताएका छन्।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी छन्। यस्तै आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघ,नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

वार्ताका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूका जायज माग सम्बोधन हुने र विद्यालय बन्द नगर्न आग्रह गरेका थिए। 

सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रित भएर आन्दोलित बनेका छन्। बुधबार उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका थिए।

null

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.