सामसङले बढाउँदैछ दशैंमा खुशीयाली, मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै

काठमाडौं : सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरूका लागि एक उत्साहजनक ग्राहक प्रवर्द्धन योजना ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ सुरु गर्ने भएको छ।
कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा त्यो उपकरण मात्र नभइ हरेक दिन उपहार स्वरुप २ लाख ३३ हजार नौ सय रुपैयाँ मूल्य बराबरको टिभिएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाइने कम्पनीले जनाएको छ।
शीर्षकले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सीसी प्रदान गर्नेछ। जसअनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरूले उक्त उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्नु हुने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्ने बताइएको छ।
शनिबारबाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सक्नु हुनेछ। शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी हुने ग्राहकहरूको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ।
योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिनेछ। यो योजना यही असोज ५ गते सुरु भई आउँदो कार्तिक ३ गतेसम्म कायम रहनेछ।
यद्यपि ग्राहकहरूले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नु हुनेछ। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरूलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ।
लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ। सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गरि उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06३# डायल गर्नुपर्ने छ। त्यस्तै, SAMSUNG<space> सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्दा ईन्ट्रीको पुष्टि तुरुन्तै पाइने छ।
विजयी सिरियल नम्बरहरूको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिनेछ, जुन परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।
सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधाअन्तर्गत मासिक किस्तामा ०% ब्याजदरका साथ किन्ने अवसर पनि छ।
देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरूबाट तपाईंले सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस !
