२ वर्ष लगाएर गोरखकाली मन्दिर जीर्णोद्धार

२ वर्ष लगाएर गोरखकाली मन्दिर जीर्णोद्धार
सुन्नुहोस्

गोरखा : २०७२ सालको भूकम्पले जीर्ण बनाएको गोरखाको गोरखकाली मन्दिर जीर्णोद्धार गरिएको छ। दुईवर्ष लगाएर मन्दिरको जीर्णोद्धार गरिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

जीर्णोद्धार सम्पन्न भएसँगै सो मन्दिर पूजाआजा गर्न भक्तजनका लागि खुल्ला गरिएकोे गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए। ‘काम सकिएपछि हामीले क्षमा पूजा गरेर दैनिक पूजाआजा कार्य सुरु गरेका थियौं,’ उनले भने, ‘नयाँ निर्माण गरेका होइनौं। एक करोड ९५ लाख रुपैयाँको लागतमा पुरानै स्वरूपमा प्रवलीकरण मात्र गरिएको हो।’ सो बजेट तथा कार्यक्रमबाट गोरखकाली मन्दिर र रंगमहलको जीर्णोद्धार गरिएको हो।

कमजोर देखिएको भागको पुरानै संरचनामा मात्र मर्मत गरिएको भुुसालले जानकारी दिए। ‘पूरै भत्काउनु परेन। जुन भाग कमजोर देखिएको थियो त्यो भाग भत्काएर अरु भागलाई प्रवलिकरण गरेका हौं। 

मन्दिरको पश्चिम भागको गारो सोझाउने, जग बलियो बनाउने, भित्र स्थायी टेका लगाउने, भुइँमा तेलिया इट्टा बिछ्याउने, प्लास्टर गर्ने, झ्याल ढोकाहरू मर्मत गर्ने, रंगमहलको मर्मत गर्ने र छानाभन्दा मुनिको कोठा पुरै भत्काएर पुननिर्माण गर्ने काम गरेका हौं,’ उनले भने। 

भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिँगटीका छाना खसेर पानी चुहिन थालेपछि प्रवलिकरण गरिएको उनले जानकारी दिए। 

प्रवलिकरणका लागि २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग सम्झौता भएको थियो। सम्झौता अनुसार २०७९ असार १५ मा काम सक्नुपर्ने थियो। तर समयमै काम सम्पन्न नभएपछि म्याद थप भएको कार्यालयले जनाएको छ।  यसअघि पुरातत्व विभागले भूकम्पले क्षतिग्रस्त गोरखा दरबारको पनि पुनर्निर्माण गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.