एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको निधन
काठमाडौं : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य शंकर विश्वकर्माको निधन भएको छ । नेकपा एकीकृत समाजवादी रौतहट काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत रहेका ५९ वर्षीय विश्वकर्माको उपचारको क्रममा अलका अस्पताल जाउलाखेलमा मंगलबार निधन भएको हो ।
यसैबीच शंकर विश्वकर्माप्रति श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो ।
अध्यक्ष माधव नेपाल लगायतका नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।