ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

बागलुङ : अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले मोतिहारी विहार प्रदेश घरभइ हाल बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय राम बामबाबु कुमारलाई पक्राउ गरिएको जनाएको छ ।
कुमारलाई बागलुङ जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने उद्योग मुद्धामा २०७६ साल असार २५ गते २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसाला सुनाएको थियो ।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले कुमारलाई पक्राउ गरी लगत कट्टाको लागि सोमबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
