सेयर बजारमा एकाएक छायो हरियाली, कारोबार रकम डेढ अर्ब माथि
काठमाडौं : सेयर बजारमा एकाएक हरियाली छाएको छ। नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले बढेर ३८१.६४ विन्दुमा अडिएको छ।
यसदिन २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो। आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेको थियो । सो दिन १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रो पावर र मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस्तै आज मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशत बढिले वृद्धि भयो। हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर मूल्य भने ७.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६२ करोड रुपैयाँ बढिको सेयर कारोबार भयो। यसैगरी एभरेष्ट बैंकको ५ करोड ७१ लाख र सोल्टी होटलको ५ करोड २४ लाख मूल्य बराबरको सेयर किनबेच भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक भने सकारात्मक देखिएको छ। ट्रेडिङ ,होटल्स एन्ड टुरिजम र फाइनान्स उपसमूहको सूचक ३ प्रतिशत बढीले बढेको हो। आज २१२ कम्पनीको मूल्य बढ्दा ११ को मात्रै घट्यो।