जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप, सात प्रहरी घाइते

जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप, सात प्रहरी घाइते
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-१ इन्द्रायणीचौरमा जग्गा खाली गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। 

सरकारी जग्गा खाली गराउने क्रममा शनिबार दिउँसो झडप भएको हो। झडपमा प्रहरी अधिकृतसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन्। 

प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको छ। झडपमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक रुद्रराज कँडेललाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ। अन्य प्रहरीको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ।

प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित पाँच जना पक्राउ परेका छन्। भूकम्पले घर भत्काएको र आफूहरू पीडित भएको जनाउँदै नुवाकोट र रसुवाका विभिन्न स्थानका एक सय भन्दा बढी घरपरिवारले इन्द्रायणीचौरमा अस्थायी घर टहरो बनाई बसिहरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.