कालभैरव मन्दिरमा भक्तजनको घुइँचो

बागलुङ : बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
उक्त मन्दिरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार विशेष पूजा हुने र आटेको पुग्ने अपेक्षाका साथ बागलुङ, पर्वत, कास्की, म्याग्दी लगायत जिल्लाबाट भक्तजन पूजाका लागि आउने गर्दछन्।
साथै उक्त मन्दिर रहेको बलेवा क्षेत्र (बागलुङ नगरपालिका–१०,११,१२,१३ र १४ र जैमिनी नगरपालिका–१) वडामा भदौको पहिलो मंगलबार हरेलो पूजा गरिने हुँदा सोही दिन मन्दिरमा मेला समेत लाग्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस !
