शिक्षा विधेयक विरोधमा निजी विद्यालय संगठन आन्दोलित, काठमाडौंमा गरे प्रर्दशन

शिक्षा विधेयक विरोधमा निजी विद्यालय संगठन आन्दोलित, काठमाडौंमा गरे प्रर्दशन
शिक्षा विधेयक विरोधमा काठमाडौंमा प्रर्दशन गर्दै निजी विद्यालय संगठन। तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यालय क्षेत्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । 

null

प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं?, शिक्षामा विभेद किन गछौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रस्तावित विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

null

गुठीमा भएका विद्यालयले नै दु:ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए।  शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्। 

जसअनुसार साउन २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरूले जनाएका छन् ।  

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.