गुलरिया नगरपालिकाले निर्माण गर्यो स्थानीय पाठ्यक्रम
गुलरिया : गुलरिया नगरपालिकाको पहिचान बढाउने आधारभूत तह (कक्षा १-८) स्थानीय पाठ्यक्रम गुलरिया गाथाको पाठ्यक्रम सार्वजनिक गरिएको छ।
गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आधारभूत शिक्षालाई गुणस्तरिय तथा जीवनोपयोगी सिपमा आधारित बनाउन प्रभावकारी कार्यान्वयनगर्दै शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्त गर्ने लक्ष्यसहित पुस्तक प्रकाशन गरेको छ।
नेपालको संविधान अनुसूची ८ मा माध्यमिक तह सम्मको शिक्षालाई सञ्चालन, व्यवस्थापन र नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ।
प्राथमिक शिक्षा पाठ्यक्रम ०४९, आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम ०६९ ले कक्षा १–३ मा साप्ताहिक ५ कार्यघण्टा, कक्षा ४–८ मा साप्ताहिक ४ कार्यघण्टा १०० पूर्णाङ्क स्थानीय विषय/भाषा समावेश गरेको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सतिश यादवले बताए।