नेपालका नदीहरू प्रधानमन्त्री प्रचण्डले कौडीका भाउमा दिएर आए : ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसकेको बताएका छन्।

  
शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही पनि बोल्न नसकेको बताए। 

उनले युक्रेनको हवाला दिँदै प्रधानमन्त्री प्रचण्डले  नेपालका नदीहरू भारतलाई सित्तैमा सुम्पेर आएको बताए। 'युक्रेनको वारले हो अस्ती प्रचण्डजीले सित्तैमा नदीहरू दिएको आएको? आफ्नो भूमिबारे चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो?,' उनले भने, 'दुई वटा नदी तल्लो अरुण कौडीको भाउमा दिएको छ।'

उनले एमालेको सरकार परिवर्तन भए पनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे। 

सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको उल्लेख गरे। उनले आफू नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगाएतका अनेक षडयन्त्र भए पनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरी तयारी गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.