ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु

ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु
सुन्नुहोस्

रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।

नयाँ दिल्ली : भारतमा बुधबार दिउँसो ओडिशाको जाजपुर रोड रेलवे स्टेशननजिकै पार्किङ गरी राखिएको मालबाहक रेलले किचेर छ जना मजदुरको मृत्यु भएको छ ।

रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।

घटना हुँदा ठूलो पानी परिरहेको थियो। वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

ईस्ट कोस्ट रेलवेका प्रमुख जनसम्पर्क अधिकारी विश्वजित साहुले भने, 'यो दुर्भाग्यपूर्ण घटना हो। घटनाको पूर्ण छानबिन हुनेछ । मृत्यु भएका मजदुर ठेकेदारमार्फत रेलवेमा काम गर्दथे । उनीहरु रेलवेका कर्मचारी होइनन् । यो ट्रेन मनसुन रिजर्व र्याक थियो। आँधीबाट बच्न काम गर्ने क्रममा यी मजदुरहरू रेलमुनि लुकेका थिए।'

हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको मनसुन रिजर्भ र्‍याक(रेल) चलेको बीबीसी समाचारमा जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.