सुदूरपश्चिमको नीति तथा कार्यक्रममा छैन नयाँ योजना

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा छैन नयाँ योजना
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पुरानै कुराको पुनरावृत्ति भएको छ। आर्थिक संकटका बेला केही नयाँ आउला भन्ने आशा गरिएकोमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ।

प्रतिपक्षले नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरुको निरन्तरता भएकाले कर्मकाण्डी भएको आरोप लगाएको छ। एक जिल्ला एक उद्योग, मुख्यमन्त्री कृषि कार्यक्रम, प्रदेश प्रमुख एकीकृत आवास योजना, हेलो सिएम, मेरो स्पास्थ्य मेरो जिम्मेवारी, एक स्थानीय तह एक कृषि पाठशालाजस्ता पुरानै नाराहरू नीति तथा कार्यक्रममा समेटिएका छन्। पुरानै नारा र योजनाको पुनारावृत्ति गर्दै सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम पेस गरेको हो। 

दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको छैठौं बैठकमा बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम २०८० प्रस्तुत गरेका थिए। पहिलो प्रदेश सरकारले ९ वटै जिल्लामा प्रदेश गौरवका योजनाका रूपमा ९ वटा सडक निर्माण गर्ने भनेको थियो। ती सडकको काम कछुवा गतिमा छ। यसपालीको नीति तथा कार्यक्रमम ती सडक छिटो निर्माण गर्ने प्रतिबद्धता आउनुपर्ने थियो, तर ती सडकहरुको पुनारावलोकन गर्ने कुराले झन निरासा छाएको छ।

यसअघिको सरकारले कृषकका लागि १ प्रतिशत ब्याज दरमा कृषि ऋणको ब्यवस्था गरेको थियो, जुन स्थानीय बैंकमार्फत् दिने भनिएको थियो। त्यही कार्यक्रम प्रभावकारी नभएका बेला यसपालीको सरकारले भने त्यो ब्याजदरलाई शून्य त बनाएको छ तर त्यसको कार्यान्वयन हुनेमा पनि आशंका उब्जिएको छ। 

नीति तथा कार्यक्रममा १० वर्षे औद्योगिक नीति बनाइने, अस्पतालको स्तरोन्नती गरिने, मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम लागु गर्नेजस्ता राम्रा कार्यक्रम पनि समेटिएका छन्। सत्ता पक्षका नेताहरुले भने नीति तथा कार्यक्रम राम्रो आएको प्रतिक्रिया दिएका छन्। 

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। ‘सरकारले अहिलेको आवश्यकताअनुसार नीति तथा कार्यक्रम ल्याएको छ,’ उनले भने।

सत्ता पक्षकै अर्को दल नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले पनि नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रममा पुरानै कुराको पुनरावृत्ति भएको आरोप लगाएको छ। 

‘सरकारको नीति तथा कार्यक्रममा पुनानै कार्यक्रमको पुनरावृत्ति भएको छ। यो कर्मकाण्डी भएको छ। ल्याउनैपर्छ भनेर कर्मकाण्डी भए आएको छ। यसले अहिलेको आर्थिक संकटको कुरा समेट्दैन,’ नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले भने।

गठबन्धनको नयाँ सरकार, नयाँ नयाँ युवा उमेर समूहका मन्त्रीले नयाँ योजनाका साथ नीति तथा कार्यक्रम आउने अपेक्षा थियो तर अधिकांश पुराना नारा र योजनामै नीति तथा कार्यक्रम रुमल्लीए पछि त्यसको प्रशंसा भने हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.