नेपाल मेडिसिटी हस्पिटलको २ करोड ६३ लाख ठगी

नेपाल मेडिसिटी हस्पिटलको २ करोड ६३ लाख ठगी
सुन्नुहोस्

काठमाडौं : ललितपुरमा रहेको नेपाल  मेडिसिटी हस्पिटलको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीका अनुसार अस्पतालको बिलिङ शाखाका ३ कर्मचारीको मिलेमतोमा अस्पतालकै यो रकम ठगी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरेको छ। उनीहरुले बिरामीसँग बिल अनुसारकै रकम लिने र कम्युटरमा कम बिल इन्ट्री गर्ने गरेको खुलेको छ।

प्रवक्ता कार्की भन्छन्, 'अस्पतालको रकम हराउन थालेको सुइको अस्पताल प्रशासनले पाएपछि उनीहरुले जागिर छाडेका थिए।

यो विषयमा अनुसन्धान गर्न अस्पतालले प्रहरीमा उजुरी दिएको थियो। बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए।

प्रक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर ठिमी बस्ने अस्पतालमा कार्यकारी आईपी बिलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाडौं बालुवाटारका आशीष अर्याल रहेका छन्।

उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ। ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर थप अनुसन्धान भैरहेको कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.