नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा संसद भवन अगाडि प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा संसद भवन अगाडि प्रदर्शन
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक प्रमाणीकरण खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ।  नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नेमकिपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्।

देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाका आरोप छ ।

null

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा कोटेश्वरदेखि निकालिएको र्‍याली संसद भवन अगाडि पुगेर विरोधमा उत्रिएको हो। अहिले बानेश्वर क्षेत्रमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली लेण्डूपहरू मुर्दावाद,देशभक्त नेपाली एक होऔं,देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गरलगायत नारा लेखिएको ब्यानरसहित उनीहरू विरोधमा उत्रिएका छन्।

null

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि  विरोध सुरू भएको छ।   नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ।

आज रिटमाथि सुनुवाइ  हुँदैछ।  अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायतले विरोधमा उत्रिएका छन्।
nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.