के-केमा भयो समझदारी ?

भारत र नेपालबीच सात बुँदे सम्झौता

भारत र नेपालबीच सात बुँदे सम्झौता
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं :  नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा रहेका बेला बिहीबार दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो।

नयाँ दिल्लीस्थित हैदरावाद प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित कार्यक्रममा सात विषयको समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको हो।

परराष्ट्र अध्ययन मामिला र सुष्मा स्वराज इन्स्चिच्युटबीच सहकार्य, सिलीगुड़ी –झापा पेट्रोलियम पाइपलाइन विस्तार,नेपाल-भारत पारवाहन सम्झौता नविकरण,तल्लो अरूण हाइड्रोपावर सम्झौता, डिजिटन पेमेन्ट सम्झौता,फुकोट -कर्णाली हाइड्रोपावर सम्झौता र दोधारा- चाँदनी एकीकृत जाँच चौकी निर्माण गर्ने विषयमा हस्ताक्षर भएको हो।

यस्तै सुनौली–भैरहवा एकीकृत जाँच चौकीको सिलान्यास भएको छ। बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन भएको छ। अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाइन शिलान्यास, गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्याश भएको छ।

यस्तै दुई देशबीच भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने समझदारी भएको छ।अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.