बुद्धको मावली खोज्दै उत्खनन्

बुद्धको मावली खोज्दै उत्खनन्
उत्खननमा सहभागीहरू।
सुन्नुहोस्

बुटवल : बौद्ध ग्रन्थहरूमा सिद्धार्थ गौतमबुद्धको मावली देवदह भन्ने चर्चा छ। देवदहमै बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म भएको बौद्ध ग्रन्थमा उल्लेख गरिएका छन्। कोलीय गणराज्यको राजधानी देवदहलाई पवित्रस्थलका रूपमा बौद्धमार्गीले मान्दै आएका छन्।

बौद्ध ग्रन्थमा प्रशस्त चर्चा भेटिए पनि बुद्ध मावली कहाँ थियो भन्ने तथ्य अहिलेसम्म भेटिएको छैन। रूपन्देहीको देवदह र नवलपरासीको रामग्राम क्षेत्रलाई कोलीय गणराज्य मानिन्छ। पछिल्ला समयका बुद्ध मूर्ति, पोखरी स्तम्भ भेटिए पनि प्राचिन प्रामाणिक तथ्य खोज्न पुरातत्त्वविद्हरू जुटेका छन्।

लुम्बिनी विकास कोषले देवदहमा उत्खनन सुरु गरेको छ। देवदह नगरपालिका–९, मा रहेको खयरडाँडा क्षेत्रको उत्खनन कार्य सुरु भएको हो। लुम्बिनी विकास कोष र देवदह नगरपालिकाको विशेष पहलमा पुरातत्त्व विभागद्वारा कोलीय गणराज्यको राजधानी मानिएको पुरातात्त्िवक क्षेत्र खयरडाँडाको उत्खनन कार्य सुरु गरेका छन्।

भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरूको उत्खनन गरी वास्तविक देवदहको पहिचान गर्ने गरी उत्खनन कार्य अगाडि बढाइएको विकास कोषका पुरातत्त्वविद् हिमाल उप्रेतीले जानकारी दिए।

देवदह क्षेत्रमा धेरै ऐतिहासिक स्थल रहेकोले प्राथमिकताको आधारमा उत्खनन गर्दै जाने योजना विकास कोषले बनाएको छ। उत्खनन पछि प्राप्त प्रमाणलाई स्वीकार गरेर जानुको कुनै विकल्प नभएको बताउँदै देवदह क्षेत्रमा धेरै दरबारको भग्नावशेष रहेको उनले जिकिर गरे।  

देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले ऐतिहासिक र पुरातात्त्िवक क्षेत्रको संरक्षण गर्ने दायित्व नगरपालिका गरिरहेको बताए। देवदहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि उत्खनन महत्त्वपूर्ण रहने उनले बताए। 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भगवान् गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक क्षेत्रको उत्खननको लागि पुरातत्त्व विभागलाई सबैभन्दा बलियो बनाउन आवश्यक रहेको औंल्याए। देवदह क्षेत्रको ६ वटा साइडहरू नष्ट भइसकेको र यसले ठूलो नोक्सानी भएको उनले बताए। लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले हरेक वर्ष ८/१० वटा साइडहरूको उत्खनन गर्न आवश्यक रहेको उनको भनाइ छ।

उत्खननमा भेटिएका सामग्रीलाई संग्रहालयमा राखिनेछ। खयरडाँडाको उत्खनन करिब एक महिना हुने र उत्खननमा हिमाल उप्रेतीको नेतृत्वमा ७ जना पुरातत्त्वविद्हरूको सहभागिता रहेको छ। उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्त्व अध्ययन गरिरहेका विद्यार्थीले सघाउने लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजूले बताए।

बौद्ध स्मारक स्थलका रूपमा रहे पनि लुम्बिनी र तिलौराकोटबाहेक रामग्राम र देवदहको उत्खनन हुन सकेको छैन। रामग्रामको अहिलेसम्म उत्खनन गरिएको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.