बाघ जोगाउन सुरक्षित खोर

बाघ जोगाउन सुरक्षित खोर
बाघबाट जोगाउन बनाइएको इच्छानगरकी सीतामाया थिङको ‘सुरक्षित खोर’। तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

(ठोरी) पर्सा : श्रीमान्ले अर्को विवाह गरेपछि बेसहारा बनेकी पर्साको ठोरी गाउँपालिका–२ इच्छानगरकी  सीतामाया थिङलाई खर्चको जोहो गर्नै गाह्रो भयो। समूहबाट ल्याएको बाख्रा गोठबाटै बाघले थुतेर मारिदियो। खेतीबाली वन्यजन्तुले मासिदिने, बाख्रा बाघले खाइदिएपछि आम्दानीको बाटो 

बन्द भयो।

अहिले सीतामाया दंग छिन्। किनकि उनको घरमा बाख्राको खोर छ। आर्थिक अवस्थाले कमजोर भएर खोर बनाउन नसकेकी उनलाई आर्थिक सहयोग भएपछि सुरक्षित खोर बनाएकी छन्। मासिक सय रुपैयाँ जम्मा गर्ने समूहबाट ऋण लिएर बाख्रा पालेकी उनको खोरभरि बाख्रा छन्। दिउँसो चराउन लाने बेलुका खोरमा थुनेर आनन्दले निदाउँछिन् उनी। खोर बनाउन सहयोग पाउने भएपछि दुःख गरेर आफैंले काठ काटेर ल्याएर खोर बनाएको उनले बताइन्।  

‘समूहले दिएको ऋणबाट किनेको बाख्रा पहिला यहीँबाट बाघले थुतेर मारिदियो’, सीतामायाले देखाउँदै भनिन्, ‘अहिले त खोर बनेको छ। राति ढुक्कले सुत्न पाइएको छ।’

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरीको इच्छानगरबाट वर्सेनि सयको हाराहारीमा बाघले बाख्रा लान्थ्यो। अहिले अधिकांशको घरमा सुरक्षित खोर बनेको छ। बिक्री गर्ने बेलाका बाख्राहरू वर्सेनि तीन चार वटा बाघले लैजान्थ्यो। खेतीबाली बँदेल, चित्तल, हात्तीले नष्ट गथ्र्यो। मकै, धान, तोरी भित्र्याउन पाएनन्। जंगल छेवैका बासिन्दा हैरान थिए।  बाघबाट जोगाउन खोर पाएपछि ढुक्क भएका छन् ‘चराउन लाँदा जंगलमा मार्ने, घरमा राखे थुतेर लैजाने, हैरान भएका थियौं’, उनले भने, ‘खोर बनेपछि बाख्रा जोगिएको छ।’ 

ठोरी गाउँपालिकाको वडा नम्बर १,२,३ का वन्यजन्तु प्रभावितले सहयोग पाएका हुन्। ठोरीमा यो वर्ष ६० घरधुरीमा खोर सहयोग गरिएको छ। अघिल्लो वर्ष ३० वटा खोर बनेका थिए। एउटा खोरमा १० वटा बाख्रा अट्छन्। खोरका लागि चाहिने काठ र श्रमदान घरधनीले गर्छन्। बाघबाट बाख्रा जोगिएपछि बिचारीका छिमेकी कार्कीलाई अब बाघको चिन्ता छैन। उनको खोरमा २२ वटा बाख्रा छन्। ‘खेतीबालीले नदिएपछि कमाइ गर्न पालेको  बाख्रा बाघले खाइदिँदा पहिला रोएर हिँड्नुपथ्र्यो’, उनले भने, ‘खोर बनेपछि बाख्रा जोगिएको छ।’ 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडितका लागि बाख्राको खोर सहयोग गरिएको हो। जाली र जस्तासहित प्रतिघरधुरीलाई २३ हजार तराई भू–परिधि कार्यक्रम (ताल)ले सहयोग गरेको हो। वन्यजन्तु पीडित परिवारलाई सहयोग गरिए पनि वन्यजन्तुप्रतिको आक्रोश कम भएको छ। तराई भूपरिधि कार्यक्रम तालका पूर्वी क्षेत्र संयोजक प्रेमप्रसाद पौडेलले खोर व्यवस्थित भएपछि सम्पत्ति जोगिएर संरक्षणमा लागेको बताए। ‘व्यवस्थित खोर नहँुदा धेरै समस्या थियो’, पौडेलले भने, ‘अहिले व्यावसायिक पालन सुरु भएको छ। यसले जीविकोपार्जन बढ्यो मानव–वन्यजन्तु द्वन्द्व घटेको छ।’

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यक्षेत्रमा ३ सय ९५ वटा खोर बनेका छन्। यी क्षेत्रमा गतवर्ष २ सय ५० बाख्रा बाघ र चितुवाले मारेका थिए। तालिम दिएपछि व्यावसायिक बाख्रापालनमा आकर्षित भएका हुन्। ‘सुरक्षित खोरले संरक्षणमा प्रभाव परेको छ’, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले भने, ‘यो कार्यक्रमलाई वर्सेनि अघि बढाउने तयारीका साथ लागेका छौं।’

घर नजिकै बजार भएका कारण बिक्री सहज भएको छ। पर्सामा निर्मल, सुनाखरी र कुसुमबारी उपभोक्ता समितिमा यो कार्यक्रम लागू गरिएको छ। त्यस्तै, चितवनको निर्मल ठोरी, अयोध्यापुरी, रेवा, पाँचपाण्डव, त्रिवेणी, मेघौली र बघौडा उपभोक्ता समितिमा लक्षित गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.