प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सकियो

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र  भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ। बिहीबार बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीको प्रतिनिधिमण्डल बीच भेटवार्ता सकिएको हो।null

भेटवार्तामा नेपाल र भारतका मन्त्री, सचिवसमेत सहभागी थिए। उनीहरुबीच दुई देशको हितका विषयमा छलफल भएको छ। भेटवार्तापछि पत्रकार सम्मेलन आयोजना गरिँदैछ । null

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि बिहीबार बिहान प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका थिए । उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गरे।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।

उनी आजै ४ : ३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.