प्रधानमन्त्री दाहाल र मोदीले गरे एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन

प्रधानमन्त्री दाहाल र मोदीले गरे एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन

काठमाडौं : नेपालगन्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी उद्घाटन भएको छ। बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण पूर्वाधार भनिने एकीकृत जाँच चौकीमा नेपाल र भारत दुवैपट्टि एकै किसिमका पूर्वाधार हुनेछन्। जाँच चौकी भारत सरकारले बनाइदिएको हो।

जाँच चौकी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ। नेपाल इन्टरमोडल यातायात विकास समितिकार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपालतिर ६० बिघामा फैलिएको जाँचचौकीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, तौल नाप्ने पुल आदि पूर्वाधार तयार भएको हो।

नेपाल भारत सीमामा वीरगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँच चौकी सञ्चालनमा छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.