अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो

अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरियो
सुन्नुहोस्

संयुक्त अरब इमिरेट्स (युएई) ले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अबुधावी : संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) ले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप युएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो,' युएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो। यो महत्वपूर्ण तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ हालैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ।

सीएमएफका एक प्रवक्ताले युएईको सहभागिता रोके पनि साझेदार राष्ट्रका रुपमा रहेको बताएका छन्। 'सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये युएई एक हो,' कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भने।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज पनि रहेका थिए। 

इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो। 

यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनको कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो।

अमेरिकी नौसेनाको पाँचौं टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंसकमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै गएका थिए।

जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ।

'युएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ', युएईको विज्ञप्तिमा भनिएको छ। प्रमुख तेल निर्यातकर्तामध्ये एक युएई ‘शान्तिपूर्ण वार्ता र कूटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.