क्यान नेतृत्वसमक्ष ६ विषयमा स्पष्ट पार्न सदस्य अन्सारीको माग

क्यान नेतृत्वसमक्ष ६ विषयमा स्पष्ट पार्न सदस्य अन्सारीको माग
सुन्नुहोस्

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दाउद अन्सारीले सात दिन भित्र मुलपानी क्रिकेट मैदानको स्तरोन्नतिको आय व्ययलगायत विभिन्न ६ विषयमा स्पष्ट पार्न क्यान समक्ष माग गरेका छन्।

सदस्य अन्सारीले क्यानका अध्यक्ष अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै मुलपानी क्रिकेट मैदानका साथै येल्लो प्यागोडा होटलको बिल भुक्तानी, लेभिन स्पोट्र्सको बक्यौता रकम,एसिसी प्रिमियर कपको भुक्तानी, नेपाल टी-२० को सेभेन थ्री स्पोटर्ससँगको भुक्तानी र कानुनी कारबाही तथा अवैधानिक सचिवका बारेमा स्पष्ट पार्न जोडदार माग गरेका हुन्।

‘काठमाडौंको मुलापानीमा रहेको क्रिकेट मैदानको स्तरोन्नती कार्य अति आवश्यक रहेकाले उक्त कार्य सन्तोषजनकपूर्वक सम्पन्न गर्न पहल गर्नु भएका नेतृत्व तथा सहयोगी साथीहरुलाई धन्यवाद दिँदै उक्त स्तरोन्नतीको विस्तृत आय व्याय विवरण माग गर्दछु’अन्सारीले लेखेका छन्,' क्यानले यल्लो प्यागोडा होटलमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस आ. व २०७९-८० शीर्षकसहित सम्पूर्ण भुक्तानीको बिल माग गर्दछु। अप्रिल २०२२ मा मलेसिया र पपुवा न्युगिनी तथा नेपाल र जिम्बाब्वेबीच भएको खेल आयोजनाको अधिकार लेभिन स्पोटर्सले पाएकोमा उक्त प्रतियोगिता गरेबापत लेभिन स्पोटर्सले क्यानलाई के कती रकम दिनु पर्ने हो ? क्यानले कती रकम पाएको छ ।यदी बाकी छ भने अध्यक्षज्युले सो रकम प्राप्तीका लागि के कस्तो पहल गर्नु भएको छ त्यसको जानकारी उपलब्ध गराइदिन हुन माग गर्दछु।'


‘हालै काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपमा भएको विभिन्न शीर्षक मध्ये फेक्स, होर्डिङ प्रिन्टिङ,टेन्ट तथा क्याटरिङको बिल भरपाई उपलब्ध गराउनु माग गर्दछु',पत्रमा भनिएको छ, 'नेपाली क्रिकेट इतिहासकै कालो धव्बाको रुपमा प्रमणित भैसकेको नेपाल टी-२० आयोजक विवालित भारतीय कम्पनी सेभिन थ्री स्पोटर्स नेपाल टी२० बिचमै छोडी भागेकाले खेलाडीले म्याच फी को भुत्तानी हालसम्म नपाएको ,पुरस्कार राशी, म्यान अफ दी म्याच लगायतका भुत्तानी नभएको, सेभेन थैी स्पोटर्समाथिको कानुनी कारबाही रहस्मय बनेकोले सो सम्बन्धमा जानकारी गराउन माग गर्दछु ।’

त्यस्तै उनले कार्यवहाक सचिव दुर्गाराज पाठकको नियुक्तिबारे पनि स्पष्ट पारिदिन माग गरेका छन्।

‘अध्यक्षज्युले नियुक्ती गर्नु भएको अवैधानिक सचिव दुर्गाराज पाठक जुन विशेष साधरणसभाले ल्याएको हो त्यो विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक भएको स्पष्ट हुन्छ । त्यसैले उहाँको सबै निर्णय र कार्य अवैधानकि हुने भएकाले मेरो फरक मत रहने छ र कानुनी कारबाहीको बाटो रहिरहनेछ,’ उनले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.