फ्रेन्च ओपन: सित्सिपास तेस्रो चरणमा
पेरिस: रोबर्टो बेयनालाई ३–० को सोझो सेटमा पराजित गर्दै विश्व नम्बर पाँच स्टेफानो सित्सिपास फ्रेन्च ओपनको तेस्रो चरणमा पुगेका छन्।
बुधबार पहिलो सेटमा ३–६ को सहज जित निकालेका सित्सपासले दोस्रो सेटमा ६–७(४–७) को जित निकालेका थिए। निर्णायक बनेको तेस्रो सेटमा २–६ को जित निकाल्दै तेस्रो चरणमा स्थान बनाएका हुन्।
पहिलो चरणमा सित्सिपासले जिरी भेजेलीलाई ३–१ सेटको जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएका थिए। ग्रीसका २४ वर्षीय सित्सिपास सन् २०२१ मा फ्रेन्च ओपनको उपविजेता बनेका थिए।
यस्तै, वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा उनी यसै वर्ष उपविजेता बनेका थिए। गत वर्ष फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिएका थिए।