खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम

खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोटी : खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । ०२५ नम्बर जर्सिका खड्काले निर्धारित दूरी ४२ किलोमिटर २ घण्टा ३७ मिनेट ४६ सेकेण्डमा पार गरी प्रथम भएका हुन् ।

खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट सुरु भएको म्याराथन डोटीको सिलगढीस्थित टुडिखेलसम्म रहेको थियो । प्रथम भएका खड्काले नगद एक लाख २५ हजार प्राप्त गरे । पदमार्गमा भएको म्याराथनमा पहिलोपटक सहभागी जाजरकोट घर भएका खड्का विभिन्न म्याराथनमा सहभागी भएपनि उकालो ओरालो भएको पदमार्गमा आयोजित म्याराथनमा प्रथम हुँदा आत्मबल बढेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिं रावत दोस्रो भएका छन् । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भएका ०२७ नम्बर जर्सिका रावतले ८० हजार नगद पुरस्कार जिते । बैतडी घर भएका रावतले यस अघिका विभिन्न म्याराथनमा गोल्डमेडल प्राप्त गरेका थिए । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडि पारेका भएपनि ओरालोमा भने खड्का भन्दा पछि परेका बताए ।

तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका बिरेन्द्र पाण्डेय भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेका थिए । तेस्रोलाई भने ५० हजार पुरस्कार रहेको थियो । ०३६ नम्बर जर्सीका पाण्डेयले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गरेपनि आफू सन्तुष्ट रहेको बताए । म्याराथनमा सहभागि हुन लागेको ५ महिनामै कठिन बाटोमा पनि तेस्रो स्थान सुनिश्चित गरेको पाण्डेको प्रतिकृया थियो ।

डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषद‍को आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढी, श्री नम्बर ५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा विदेशी गरी ४८ जना धावक सहभागि रहेका थिए । खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

महिलातर्फको हाफ म्याराथनमा पूर्ण लक्ष्मी प्रथम

महिलातर्फको हाफ म्याराथनमा भने त्रिभुवन आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गर्दै नगद ५० हजार जित हासिल गरिन् । त्यस्तै नेपाल पुलिस क्लबकी रेखा बिष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । डोटी घर भएकी बिष्टले भने नगद ३० हजार प्राप्त गरिन् । 

त्यस्तै तेस्रो स्थानमा भने भैरबप्रसाद गण सिलगढीकी सुन्तली कडायत भएकी छन् । अछाम घर भएकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दूरी पुरा गरेकी थिइन् । कडायतले २० हजार नगद प्राप्त गरिन् ।

जेठ १६ गते खप्तड क्षेत्रमा लागेको गंगा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.