कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई
फाइल तस्बिर।

काठमाडौं : कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र भारतको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०८० साल जेठ १७ गते बुधबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि आज भरत प्रस्थान गरेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.