झलनाथ खनालमाथि दुर्व्यवहार भएको भन्दै समाजवादीको आपत्ती
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि दुर्व्यवहार भएको भन्दै समाजवादीले भत्र्सना गरेको छ । पार्टी उपमहासचिव डा.गंगालाल तुलाधरले विज्ञप्ति जारी गर्दै खनालमाथि एक समूहबाट अभद्र ढंगले दुर्व्यवहार र अपमानित भएको भन्दै ध्यानाकर्षण भएको जनाए ।
वक्तव्यमा भनिएको छ, ‘जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनाल माथि केहि पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने,नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्र पार्टी घोर भत्सना गर्दछ ।’
समाजवादीले घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार खनालमाथि एक समूहले सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
