राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडैलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिए। उनले अन्नपूर्णसँग भने-'राष्ट्रपतिज्यूले आज नागरिक विधेयक प्रमाणीकरण गर्नु भएको हो।'

यसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक  प्रमाणीकरण नभइ फिर्ता भएको थियो।

अहिलेको सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो।  जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुबै सदनबाट पास भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको हो।

नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको थियो।

null

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.