डा. अरुण शाही क्यान्सर सचेतना अभियानको सद‍्भावना दूत नियुक्त

डा. अरुण शाही क्यान्सर सचेतना अभियानको सद‍्भावना दूत नियुक्त
सुन्नुहोस्

काठमाडौं :  पाटन अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर ( सद्भावना दूत) नियुक्त भएका छन् ।  एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सचिवालयको निर्णयअनुसार  डा. शाही सद्भावना दूतमा नियुक्त भएका हुन् । 

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर ( सद्भावना दूत)  नियुक्त गरेका हुन् ।
हाल अमेरिका भ्रमणमा रहेका डा. शाहीलाई  क्यालिफोर्नियामा  आयोजित कार्यक्रममा सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको हो । 

कार्यक्रममा बोल्दै डा. शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको सम्मानलाई आफूले क्यान्सर उत्थान रोकथाममा उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको बताए । उनले भने, ‘ क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिलेको छ । सद्भावना दूत नियुक्तिले  थप जिम्मेवार बनाएको छ । ’

अध्यक्ष मरासिनीले  विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणका लागि गरिने अनुसन्धान,रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सदैव सहयोग सदभाव रहने प्रतिबद्धता व्यक्त गरे । महासचिव दिपेश लामाले आफ्नो छोरीलाई क्यान्सर रोग लागि अमेरिकामा उपचार गर्दाको अनुभव सुनाउँदै  नेपालमै आधुनिक  क्यान्सर अस्पताल खोल्न आवश्यक रहेको बताए।
 
बर्दियामा एचपीभी खोप

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्य समितिको पहलमा डा. शाहीले नेतृत्व लिने गरि नेपालमा  सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने  सहमति भएको छ । 
क्यालिफोर्नियामा भएको आपसी समझदारी पत्रमा प्रथमपक्षबाट अध्यक्ष महासचिव र दोस्रो पक्षबाट डा. शाहीबीच सम्झौता भएको छ । 

केहि महिनाभित्र बर्दियाको राजापूर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेरसम्मका सरकारी विद्यालयमा अध्यनरत १०० जना बालिकालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने एचपीभी खोप उपलब्ध गराइने भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.