भारतबाट चाँदीको गरगहना तस्करी गर्ने महिला वीरगन्जमा पक्राउ

भारतबाट चाँदीको गरगहना तस्करी गर्ने महिला वीरगन्जमा पक्राउ
सुन्नुहोस्

वीरगन्ज : भारतबाट चाँदीको गरगहना अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा प्रहरीले वीरगन्जबाट एक महिलालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-४ की ५० वर्षीया उमा देवी रहेकी छन्। उनको साथबाट चाँदीको पाउजु ३९ जोर, औंठी ९५ पिस गरी २ किलो १ सय ८ ग्राम चाँदीका गरगहना बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपक गिरिले जानकारी दिए। 

बरामद भएको गरगहनाको मूल्य अन्दाजी १ लाख १२ हजार १६ रुपैयाँ रहेको पनि उनले बताए। गिरिका अनुसार भारतको रक्सौलबाट पैदल इनर्वा नाका हुँदै वीरगन्ज आएकी उमा देवीलाई वीरगन्ज-१६ रजत जयन्ती चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो। 

त्यसक्रममा प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले बेरेर लुकाइ छिपाइ राखिएको अवस्थामा ती गरगहना बरामद भएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए। 

चाँदीको गरगहनासहित पक्राउ परेकी उमा देवीलाई आवश्यक कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.