भारत भ्रमण

राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको छ : प्रधानमन्त्री

भारत भ्रमण

राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका विषयलाई लिएर सकारात्मक सुझाव प्राप्त गरेको बताएका छन् । अहिलेसम्म भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सुझाव लिइसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रहितबारे सकारात्मक सुझाव प्राप्त भएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भने,‘अब पूर्वराजदूत,विज्ञको पनि सुझाव लिन्छु । सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनुभएको छ ।’ 

राष्ट्रिय सहमतिमै आफ्नो भारत भ्रमण हुने उनले बताए। 

छलफलमा सहभागीहरूले प्रधानमन्त्री प्रचण्डलाई छिमेकी देश भारतसँग राम्रो सम्बन्ध बनाउन विश्वासको वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सिमानाका, सीमानाकाका नदीमा आधाआधा पानी, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयलाई अगाडि बढाउन सुझाव दिएको बताए ।

उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले एयर इन्ट्री रुट दिन भारत सरकारलाई आग्रह गर्नुपर्ने सुझाव दिएको बताए।

यस्तै  नेकपा एमालेका उपमहासचिव  समेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजी प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री प्रचण्डले विशेष जोड दिनुपर्ने सुझाव दिएको बताएका छन्। उनले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्नेमा सुझाव दिएको बताए।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले  बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । यस्तै उनले वाणिज्य सन्धिको पुनरावलोकन  र नेपालका उत्पादनप्रति उदारताका लागि पहल गर्नुपर्नेमा सुझाव दिएको बताए।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.