तल्लो अरुण भारतीय कम्पनी सतलजलाई दिने गरी विकास सम्झौता

तल्लो अरुण भारतीय कम्पनी सतलजलाई दिने गरी विकास सम्झौता
सुन्नुहोस्

काठमाडौं : लगानी बोर्डले तल्लो अरुण जलविधुत परियोजना बनाउने जिम्मा भारतीय कम्पनी  सतलज जलविधुत् निगमलाई दिने गरी परियोजना विकाश सम्झौता ( पीडीए)को मस्यौदा स्वीकृत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले ६६९ मेगावट क्षमताको तल्लो अरुणको जलविधुत् विकाश सम्झौताको मस्यौदा स्वीकृत गरेको हो । 

बोर्ड बैठकले उक्त प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पठाउने निर्णय गरेको छ । बैठकको अघिल्लो बैठकले तल्लो अरुण जलविधुत् परियोजनाका लागि ९२ दशमलब ६८ अर्बको लगानी स्वीकृत गरेको छ । 

निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्वतयारी समेत अगाडि बढिरहेकाले यसको विकाशले मुलुकको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने बैठकपछि बोर्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.