यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सुन्नुहोस्

काठमाडौं : सरकारले आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेलमा रहेका रेशमलाल चौधरीको सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकले चौधरीको निवेदन र राष्ट्रपति कार्यालयले सोधेका केहि विषयलाई सम्बोधनसहित सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा, सीमा, लगायतका विषयमा छलफल भएको र सोमबारको मन्त्रीपरिषद् बैठकले थप निर्णय गर्ने उनले जानकारी दिइन्।

त्यस्तै शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै उनले भारतमा हुने विमेस्टेक व्यापारसम्बन्धी सम्मेलनमा भाग लिन उद्योग मन्त्रीको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताइन्। बैठकले बिमेस्टकको भविष्यको कार्यदिशाका लागि  प्रवुद्ध व्यक्तिहरुको समूहमा नेपालको तर्फबाट पूर्व परराष्ट्रसचिव दुर्गा भट्टराई मनोनयन गरि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले केन्यामा आयोजना हुने राष्ट्रसंघको एक कार्यक्रममा सहभागी जनाउन शहरी विकासमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको उनले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.