बायर्न लगातार ११औं पटक जर्मन च्याम्पियन

बर्लिन : बोरुसिया डर्टमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा अल्झिएसँगै बायर्न म्युनिख लगातार ११औं पटक जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ।
घरेलु मैदानमा पहिलो हाफमा ०–२ ले पछि परेको डर्टमन्डले दोस्रो हाफमा सशक्त आक्रामक शैली अपनाए पनि समयमै गोल गर्न नसक्दा नजिक पुगेर पनि उपाधि जित्न सकेन।
आन्द्रेस ओल्सेनले १५औं मिनेटमा गोल गर्दै माइन्जलाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेट नबित्दै करिम ओनिसिओले गोल गर्दै माइन्जको अग्रता दोब्बर पारेका थिए।
त्यसअघि १९औं मिनेटमा सेबास्टियन एले पेनाल्टीमा गोल गर्न असफल भएका थिए। राफाएल गुरेरोले ६९औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई १–२ गोलको नतिजामा फर्काएका थिए। इन्जुरी समयको छैटौं मिनेटमा निक्लास जुलले गोल गरेसँगै डर्टमन्ड बराबरीमा फर्किएको थियो।
तर, खेल सुरु हुनुअघि दुई अंकले पछि रहेको बार्यनले कोल्नलाई १–२ गोलको नतिजामा पराजित गर्दै गोलअन्तरको आधारमा लगातार ११औं पटक उपाधि उचाल्यो।
किङ्ग्सले कोम्यानले आठौं मिनेटमा गोल गर्दै बायर्ननलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा बायर्नले गोल खाएको थियो। डेजान जुबिसिचले गोल गर्दै कोल्नलाई बराबरीमा ल्याएका थिए।
सोही नतिजा अर्थात बायर्न बराबरीमा अल्झिएको भए दोस्रो स्थानमा सीमित हुने थियो। तर, जमल मुसियालाले निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेटअघि गोल गर्दै बायर्नको जित सुनिश्चित गरे।
जितसँगै बायर्नले ३४ खेबलाट ७१ अंक जोड्यो। दोस्रो स्थानको डर्टमन्डको पनि समान ७१ अंक भए पनि ५४ गोलअन्तर भएको बायर्न च्याम्पियन बन्यो। डर्टमन्डको ३९ गोलअन्तर थियो।
हर्था बर्लिन, साक्ला र स्टुटगार्ट रेलिगेसनमा परेका छन्। बायर्न, डर्टमन्ड, आरबी लाइपजिग र युनियन बर्लिन शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएका छन्।
प्रतिक्रिया दिनुहोस !
