प्रधानमन्त्रीको प्रस्टीकरण- मैले इमानदार भएरै कमा, फुलिस्टप पनि परिवर्तन हुँदैन भनेको थिएँ

प्रधानमन्त्रीको प्रस्टीकरण- मैले इमानदार भएरै कमा, फुलिस्टप पनि परिवर्तन हुँदैन भनेको थिएँ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू इमान्दार भएरै सरकारको नीति तथा कार्यक्रम परिमार्जन नहुने बताएको प्रस्टीकरण दिएका छन्। तर सांसदहरूले त्यसलाई उल्टोरूपमा बुझेको उनको भनाइ छ।

'हाम्रो ऐन कानुनको व्यवस्था र प्रणालीचाहिँ राष्ट्रपतिबाट वाचन भएपछि कमा फुलस्टम पनि परिवर्तन हुँदैन भनेको थिएँ। सरल र इमान्दार भनेर कुरा गर्दा पनि तपाइँहरूले उल्टै प्रश्न गर्नुभयो,' उनले भने।

उनले संसदमा उठेनका प्रश्नहरूलाई बजेटमार्फत् सम्बोधन गर्न सकिने प्रस्ट पारे। 'संसदमा छलफल भएका विषयको कामै छैन पनि भनेको थिएन। यहाँ उठेका कतिपय विषयलाई बजेटमार्फत् पनि सम्बोधन गर्न सकिन्छ,' उनले भने।

उनले जवाफ दिने क्रममा सरकारको नीति तथा कार्यक्रम परिमार्जन गर्न असमर्थ रहेको बताएका थिए। उनले ऐन कानुनमा त्यस्तो व्यवस्था नरहेको भन्दै यसमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए।

'नीति तथा कार्यक्रम संसदमा छलफल गरेपछि त्यसको आधारमा परिमार्जन हुनुपर्ने हो भन्ने मान्यता राख्नेभित्रै पर्छु। तर त्यसको लागि राष्ट्रिय सहमति नबनाइ, ऐन कानुनमा त्यस्तो व्यवस्था नगरी, मैलेमात्र त्यस्तो गर्ने अवस्था भएन। त्यसको निम्ति वातावरण बनाऔं,' उनले भनेका थिए, 'कर्मकाण्डीजस्तो छलफल गर्‍यो गर्‍यो निक्लिने केही होइन। यो अवस्था अन्त्य गर्न हामीले टार्गेट गरौं। अर्को वर्ष अर्थ नहुने भाषण गर्दैनौं भनेर कमिटमेन्ट गर्‍यौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.