सहिद स्मारक ए डिभिजन लिगः मछिन्द्र र आर्मीको बराबरी, जावलाखेल पराजित

सहिद स्मारक ए डिभिजन लिगः मछिन्द्र र आर्मीको बराबरी, जावलाखेल पराजित

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेलेका छन्। 

च्यासल रंगशालामा भएको खेलको १७औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्रले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। फलस्वरुप ६०औं मिनेटमा मछिन्द्रले बराबरी गोल फर्काएको थियो।

पुजन उपरकोटीले प्रहार गरेको कर्नरमा आर्मीका युद्ध शाहीले गरेको आत्मघाती गोलमा मछिन्द्र हारबाट जोगियो।

बराबरीसँगै २२ खेलबाट ३६ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ। समान खेलबाट ३० अंक जोडेको आर्मी चौथो स्थानमा उक्लिएको छ।
बराबरीपछि मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिए पनि सफल नभएको बताए।

‘हामीले पहिलो हाफमा योजना अनुसार खेल्न सकेनौं,’ उनले भने, ‘आफ्नै गल्तीले गोल पनि खानुपर्यो।

यद्यपि, दोस्रो हाफको प्रदशर्नबाट आफू सन्तुष्ट भएको प्रतिक्रिया दिँदै भने ‘युवा खेलाडीले पनि राष्ट्रिय खेलाडी जति नै मेहेनत गरेको भए तीन अंक हुन्थ्यो।’

योजनास्वरुप तीन अंक लिन नसके पनि आर्मीसँग एक अंक खोसेको मछिन्द्र उपाधि होडमा धेरै पछि नपरेको उनको जिकिर थियो।

‘बराबरीले उपाधि होडमा थोरै धक्का त लाग्छ। तर, हामी मेहेनत गर्दैछौं। मछिन्द्र उपाधि होडमा बलियो घोडा हो,’ उनले भने।

आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा रणनीति अनुसार खेलेर पनि दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन नसक्दा अंक बाँड्नु परेको प्रतिक्रिया दिए।

‘पहिलो हाफमा हामी रणनीति अनुसार खेल्न सफल भयौं। गोल पनि सही समयमा निस्किएको थियो’ उनले भने, ‘हामीले हाई प्रेसिङको रणनीति बनाएका थियौं।’

दोस्रो हाफमा आफ्नै गल्तीले मछिन्द्रका प्रेसर खप्नु परेको न्यौपानेले बताए। ‘आफ्नै गल्तीले हामीलाई दबाब भयो, हाम्रो गल्तीको फाइदा उठाउँदै मछिन्द्रले दबाब दियो,’ उनले भने, ‘त्यही दबाबले गोल खानुपर्यो।’

आर्मीको पछिल्लो समय एकनासको खेल नहुँदा आर्मी तालिकामा पनि माथि चढ्ने-तल झर्ने भइरहेको प्रशिक्षक न्यौपानेले बताए।

एपीएफसँग जावलाखेल हार्यो

आजै दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लब विभागीय टिम एपीएफ क्लबसँग ०-२ गोलको नतिजामा पराजित भएको छ।

अर्मान्ड बिडौमले २३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा जावलाखेलमाथि हाबी बनेको एपीएफका लागि आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

मध्यान्तरअघि लिएको अग्रता जोगाउँदै एपीएफले जित सुनिश्चित गर्यो। जितसँगै एपीएफ २२ खेलबाट २९ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ३४ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.