पशुपतिको जलहरीका विषयमा प्रधानमन्त्रीले दिए स्पष्टीकरण, रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौं : पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेतामाथि आरोप लगाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा स्पष्टीकरण दिएका छन्। उनले उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेकाले प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त गर्न नहुने बताए।
‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ,’ उनले भने।
गत जेठ १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्दा भ्रष्टाचार भएको र सुनको ठाउँमा पित्तल राखेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गरेका थिए। त्यसकै विरोधमा शुक्रबारको संसदमा बैठक एमालेले अवरोध गरेको थियो।
एमालेको अवरोधपछि शुक्रबार संसद बैठक आजसम्मका लागि स्थगित भएको थियो। शनिबार बिहान शीर्ष नेताहरूको बैठकले उक्त प्रकरणमा ओलीलाई मुछ्न नहुने सहमति गरेको थियो।
यसैबीच सभामुख देवराज घिमिरेले माओवादी सांसदको उक्त भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस !
