इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा श्रेष्ठले जिते काठमाडौंमा घर

काठमाडौं : डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन्।
शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्सफरको आधिकारिक फेशबुक पेज मार्फत गरेका प्रत्यक्ष डिजिटल गोलाप्रथामा श्रेष्ठले घर जित्न सफल भएका हुन्।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएका हुन्। श्रेष्ठले युएइबाट इसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स पठाएका थिए।
पत्रकार सम्मेलन सहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा उनले भने ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिटेन्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहान्छु। आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनीय बनाउन निरन्तर लागि रहने उनले विश्वास व्यक्त गरे।
इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो। ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेका थियौं।
कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई वैधानिक बनाउने कुरामा अभियान सफलता पूर्वक सम्पन्न भएको बताए।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषणको रकम भित्र्याउँदै आएको छ।
इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
प्रतिक्रिया दिनुहोस !
