स्वास्थ्य मन्त्री बस्नेतद्वारा वीर अस्पतालको आकस्मिक निरीक्षण

स्वास्थ्य मन्त्री बस्नेतद्वारा वीर अस्पतालको आकस्मिक निरीक्षण
सुन्नुहोस्

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्। 

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस हुने र सुधार भएको देखिने गरी अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन्।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनुपर्नेमा जोड दिए। 

वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाइ छ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए। 

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरूको निरीक्षण गरेको मन्त्रीका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए। 

मन्त्री बस्नेतले टिकट काउण्डरको भीड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन्। 

त्यसैगरि अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन्।

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसियू एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए। 

देशभरि मिर्गौला फेल हुने बिरामीहरूको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए।

वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारवाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए।

न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार अस्पतालको सेवामा देखिने गरि परिवर्तन गरिने बताए। 

निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा. संगीता मिश्र र मन्त्रालयका अधिकारी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.