मन्दिरबाट मूर्ति र गहना चोरेको आरोपमा एकजना पक्राउ

सुन्नुहोस्
Powered by
ONE
सिरहा: बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमालगायका सुन तथा चाँदीको गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
४
