चेल्सीविरुद्धको जितसँगै म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग खेल्ने, लिभरपुलको सम्भावना समाप्त

चेल्सीविरुद्धको जितसँगै म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग खेल्ने, लिभरपुलको सम्भावना समाप्त
सुन्नुहोस्

लन्डन : इङ्लिस प्रिमियर लिगमा बिहीबार राति चेल्सीविरुद्ध ४-१ गोलको नतिजामा जित निकालेसँगै म्यानचेस्टर युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। जारी सिजनको एक खेल बाँकी रहँदा युनाइटेडले शीर्ष चारमा स्थान सुरक्षित गरेको हो।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियालले गरेको गोलसँगै चेल्सी मध्यान्तरमा २-० ले पछि परेको थियो

चेल्सीका वेस्ली फोफानाले ७३औं मिनेटमा युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई फाउल गरेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै फर्नान्डेजले युनाइटेडको अग्रता ३-० मा लम्ब्याए।

सम्हालिन नसकेको चेल्सीले चौथो गोल पनि फोफानाकै गल्तीका कारण खाएको थियो। फोफानले सोझै बल फर्नान्डेजलाई दिएका थिए। पेनाल्टी एरिया भित्र रहेका रासफोर्डले फर्नान्डेजको पासमा ट्याप इन गर्दै स्कोरलाइन ४-० मा पुर्यागएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा जोआ फेलिक्सले चेल्सीका लागि एक गोल फर्काएका थिए।

जितसँगै युनाइटेड ३७ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको न्युक्यासल युनाइटेडको समान खेलमा ७० अंक छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८९ र दोस्रो स्थानको आर्सनलको ८१ अंक रहेको छ।

पाँचौं स्थानको लिभरपुलको ३७ खेलबाट ६६ अंक छ। सिजनको एक खेल मात्रै बाँकी रहँदा सर्वाधिक तीन अंक लिए पनि लिभरपुलले शीर्ष चारमा स्थान बनाउन सक्ने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.