टर्कीका विपक्षी नेताद्वारा राष्ट्रपति एर्दोगानविरुद्ध मुद्दा

टर्कीका विपक्षी नेताद्वारा राष्ट्रपति एर्दोगानविरुद्ध मुद्दा

किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए । तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो ।

इस्तानबुल : राष्ट्रपति रेसेप तैयप एर्दोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् ।

धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन्, 'हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।'

किलिचदारोग्लु मे १४ मा पहिलो राउण्डको चुनावी दौडमा एर्दोगानभन्दा झन्डै पाँच अङ्कले पछि परेका थिए । आइतबार टर्कीको राष्ट्रपति चुनावको दोस्रो चरण प्रवेश गरेको छ ।

किलिचदारोग्लुले यसअघि एर्दोगानविरुद्ध साङ्केतिक मुद्दा दायर गरेका थिए । तर यस पटक क्षतिपूर्ति स्वरूप एक मिलियन लिरा (५० जकार डलर) माग गर्दै मुद्दा दायर गरिएको हो । 

उनले एडोर्गानले बारम्बार आफ्नो जुलुसमा एक भिडियो प्रसारण गर्ने गरेका छन् । जसले किलिचदारोग्लुलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सैन्य कमाण्डरसँग अनुचितरूपमा जोड्ने प्रयास गरेको उनको दाबी छ । दशौँ हजारको ज्यान लिने दशक लामो विद्रोहका लागि टर्की र यसका पश्चिमी सहयोगीहरूले पीकेकेलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेका छन् ।

किलिचदारोग्लुका वकिलले एर्दोगानलाई 'नैतिक मान्यता' तोडेको आरोप लगाउँदै झुटो भिडियो सम्प्रेषण गरेको भन्दै 'राष्ट्रपतिको सिटमा बसेको व्यक्ति कसरी बेइमान हुन सक्छ ?' भनेर प्रश्न गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.