भलिबलमा काठमाडौं र चितवनले जिते स्वर्ण पदक

भलिबलमा काठमाडौं र चितवनले जिते स्वर्ण पदक

हेटौंडा : काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबलमा स्वर्ण पदक जितेका छन्। हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जिते।

काठमाडौंले फाइनलमा दोलखालाई २५-५, २५-६ र २५-१२ ले हरायो। चितवनले भने फाइनलमा धादिङमाथि २५-१७, २२-२५, २८-२६ र २५-१८ को जित निकाल्दै पुरुषतर्फ स्वर्ण जित्यो।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो। पुरुषमा काठमाडौंले सिन्धुलीलाई २-१ ले र महिलामा चितवनले धादिङलाई २-० ले हराउँदै कांस्य पदक प्राप्त गर्‍यो।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए।

पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए। महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए।

महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.