राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, प्रधानमन्त्रीको भ्रमणबारे छलफल

राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, प्रधानमन्त्रीको भ्रमणबारे छलफल

काठमाडौं : भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणबारे उनीहरूबीच छलफल भएको बताइएको छ। 

प्रधानमन्त्री प्रचण्डले बजेटलगत्तै भारत भ्रमणमा जाने भएका छन्। मिति तय नभए पनि बजेट लगत्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने बालुवाटार स्रोतले जानकारी दियो। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई फलदायी बनाउन राजदूत शर्मा र विदेशमन्त्री जयशंकरबीच छलफल भएको दिल्ली दूतावास स्रोतले जानकारी दियो।

राजदूत शर्माले ट्वीटरमार्फत् आफूहरूबीच भेटवार्ता भएको जानकारी दिएका छन्। नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र घनिष्ट बनाउने विषयमा छलफल भएको उनले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.