गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना
बाजुरा : जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहयोगमा गाउँपालिकाको केन्द्र सुई जिउलामा केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले बिक्री केन्द्रको उद्घाटन गरिन्। सूचना आयुक्त ओलीले यहाँ छिटोभन्दा छिटो स्थायी खाद्य डिपो नै स्थापना गर्नुपर्ने त्यसका लागि आफूले पहल गर्ने बताइन्।
यसअघि गाउँपालिकावासीले घण्टौ टाढा रहेको कोल्टी, पिलुचौर लगायतका बजारबाट महंगो मूल्यमा खाद्यान्न किन्दै आएका थिए।
गाउँपालिकावासीलाई बजारको भन्दा सस्तो र सुलभ मूल्यमा खाद्यान्न उपलब्ध बिक्री केन्द्र स्थापना गरेको अध्यक्ष रोकायाले बताए।