विद्यालयमा पढिरहेको अवस्थामा ३० विद्यार्थी बेहोस

विद्यालयमा पढिरहेको अवस्थामा ३० विद्यार्थी बेहोस
सुन्नुहोस्

वीरेन्द्रनगर : कालिकोटको महावै गाउँपालिकास्थित तिला नमुना माध्यमिक विद्यालयका ३० जना विद्यार्थी एकैपटक बेहोस भएका छन्। 

सोमबार विद्यालयमा पढिरहेको अवस्थामा एकैपटक ३० जना विद्यार्थी बेहोस भएका हुन्। 

सोमबार विद्यार्थी बेहोस भएपछि एक हप्ताका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षिक सिता शाहीले बताइन्। उनले भनिन्, 'कक्षा कोठामा पढाउदै थियौँ। गर्मीको भइरहेको थियो। सुरुमा एक दुई जना विद्यार्थीमा यो समस्या देखिएपछि स्वास्थ्यकर्मीहरूसँग समन्वय गरियो। लगतै एकपछि अर्को बेहोस हुँदै ढल्दै गरेपछि उपचारका लागि विद्यार्थीलाई अस्पताल पठाइयो।' 

यो समस्या अन्य विद्यार्थीहरूलाई समेत हुन सक्ने डरले एक हप्ताका लागि विद्यालय बन्द गरिएको उनको भनाइ छ। अनुमानित १० देखि १४ वर्ष उमेर समूहका विद्यार्थी एक दुई जनाबाट यो समस्या सुरु भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी टंक चौलगाईंले बताए। 

'विद्यालयको खाजामा समस्या भयो की भन्ने डर थियो। तर त्यस्तो देखिएन्। हाम्रो अनुमान गर्मीका कारण बेहोस भएका हुन्। यस्तो रोग एक जनामा देखिएपछि अर्कोले बिरामी देख्दा पनि असर गर्ने भएकाले सबैमा देखिएको हो', उनले भने।  

सबै विद्यार्थी उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहार महतले गर्मीको समयमा हुन सक्ने मास हिस्टेरियाका कारण विद्यार्थीहरू बेहोस भएको हुनसक्ने बताए। 

पछिल्लो समय कालिकोटमा गर्मी निकै बढेको छ। गर्मी बढिरहेकाले जिल्लाका अन्य विद्यालयहरूले पनि विद्यार्थीहरूको पठनपाठन र बसाई व्यवस्थापन गरी यो समस्या नआउन उपयुक्त वातावरणमा शैक्षिक क्रियाकलाप गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.