प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ। 

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।
 

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए। 

आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। 
 
बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्नका लागि यही जेठ ७ देखि ११ गतेसम्म तोकेका छन्। छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्ने छ। 

सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने तीन सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराएका थिए। 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.