एनआरटी र फ्रेन्ड्सको बराबरी

एनआरटी र फ्रेन्ड्सको बराबरी
सुन्नुहोस्

काठमाडौं : निक्लोस सङले ८९औं मिनेटमा बराबरी गोल फर्काएसँगै न्युरोड टिम (एनआरटी) सहिद स्मारक ए डिभिजन लिगमा आइतबार हारबाट जोगिएको छ। 

एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा ०–१ को अग्रता बनाएको फ्रेन्ड्सले २८औं मिनेटमा अग्रता गुमाएको थियो। अमित तामाङले आत्मघाति गोल गरेसँगै एनआरटीले १–१ को बराबरी गर्यो। त्यसको आठ मिनेट नबित्दै अमित तामाङले नै पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्लाई पुनः अग्रता दिलाएका थिए।

जिन एनिसेन्टल ७९औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्न नसक्दा एनआरटीले बराबरी गर्ने सुन्दर मौका गुमाएको थियो।

तर, सङले ८९औं मिनेटमा गरेका गोलसँगै एक अंक खोस्न सफल भयो। बराबरीसँगै एनआरटी १८ खेलबाट २२ अंक जोडेर आठौं स्थानमा छ। समान खेलबाट २० अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ।

आजै च्यासल रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्बलले २–२ गोलको बराबरी खेलेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.